शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा थपिए १८२ जनामा कोरोना संक्रमित
समाचार

काठमाडौं उपत्यकामा थपिए १८२ जनामा कोरोना संक्रमित

कोरोना

भदौ ०५
काठमाडौं  । काठमाडौं उपत्यकामा बिहीबार १८२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकामा आज १८२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

हाल देशभर १२ हजार १ सय ३२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा ८ हजार ५४६ छ। होम आइसोलेसनमा रहनेको संख्या भने ३५८६ रहेको मन्त्रालयले जानकारी दिएको छ।

२४ घण्टायता २५० जना संक्रमित निको भएर घर फर्किएका छन् भने निको हुनेको संख्या १८ हजार २ सय १४ जना पुगेको छ।file Photo

फेसबुक प्रतिक्रियाहरु