शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामै संक्रमित संख्या २ हजार नाघ्यो
समाचार

काठमाडौं उपत्यकामै संक्रमित संख्या २ हजार नाघ्यो

भदौ १,

काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार १ सय ३५ पुगेको छ। काठमाडौंमा १ हजार ७ सय ६, ललितपुरमा २ सय ८३ र भक्तपुरमा १ सय ४६ गरेर पुगेको हो। काठमाडौंमा १ हजार २ सय ८ पुरुष र ४ सय ९८ महिला। ललितपुरमा १ सय ६७ पुरुष र १ सय १६ महिला रहेका छन्।

त्यसैगरी भक्तपुरमा ८५ पुरुष र ६१ महिला रहेका छन्। सोमबार थप नयाँ संक्रमित काठमाडौंमा १ सय ३९, ललितपुरमा १५ र भक्तपुरमा १४ थपिएका हुन्। पछिल्लो २४ घण्टामा मुलुकभर ५ सय ८१ नयाँ संक्रमित थपिएका छन्। १ सय ६० जना संक्रमित डिस्चार्ज भएका छन्। आज पिसिआर ११ हजार ५ सय २० जनाको गरिएको थियो।file Photo

फेसबुक प्रतिक्रियाहरु