मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा १६८ सहित ५८१ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो
समाचार

काठमाडौं उपत्यकामा १६८ सहित ५८१ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो

भदौ ०१,

काठमाडौं। नेपालमा कोरोना संक्रमितमध्ये मृत्युहुनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रौतहट, मोरङ र काठमाडौंमा गरी थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १०७ पुगेको जानकारी दिए । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।यो सँगै संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

सोमबार संक्रमित हुनेमध्ये काठमाडौ उपत्यकाका मात्रै १६८ जना रहेका छन् । काठमाडौंका १०९, ललितपुरा १५ र भक्तपुरका १४ जना रहेका छन् । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १६० जना डिस्चार्ज भएको जानकारी दिए । यो सँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ जना रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु