बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • उमाकुण्डमा आजदेखि आगामी ११ गतेसम्मा अघोषित लकडाउन
रामेछाप बिशेष

उमाकुण्डमा आजदेखि आगामी ११ गतेसम्मा अघोषित लकडाउन

भदौ ०१,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरेको छ । सोमबार (आज) एक सूचना जारी गर्दै पालिकाले कोरोना भाइरस संक्रमण पछिल्लो दिनहरुमा बढ्दै गएको र समुदाय स्तरमा समेत संक्रमण तिवृरुपमा फैलिएको भन्दै बन्द गर्ने निर्णय गरेको पालिकाले जनाएको छ । पालिकाले अघोषित लकडाउन जारि गरिएको हो ।

गत साउन २९ गते जिल्ला स्तरीय संकट व्यबस्थापन समितिको निर्णयलाई कार्यन्वयन गर्ने सम्बन्धमा आज भदौ १ गतेदेखि गाउँकार्यपालिकाको, कार्यालयको निर्णय अनुसार गाउँपालिका र गाउँपालिका अन्तरगत सबै वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकको अन्य सबै किसिमको सेवा भदौ ११ गतेसम्मको लागि बन्द गरिएको पालिकाले सूचनामार्फत जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु