बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • डब्ल्यूएचओले भन्यो २० देखि ४० वर्ष उमेर समूहबाट कोरोना संक्रमण तीव्ररूपमा फैलिँदै
समाचार

डब्ल्यूएचओले भन्यो २० देखि ४० वर्ष उमेर समूहबाट कोरोना संक्रमण तीव्ररूपमा फैलिँदै

भदौ २,

काठमाडौं । विश्व स्वास्थ्य संगठनका एक उच्च अधिकारीले युवा उमेर समूहको माध्यमबाट कोरोना भाइरस फैलिइरहेको बताएका छन्। ‘खासगरी बीस‚ तीस र चालिस वर्ष उमेर समूहका मानिसबाट व्यापक रुपमा यो भाइरस फैलिइरहेको छ’‚ डब्ल्यूएचओका पश्चिम प्रशान्त क्षेत्रका निर्देशक डाक्टर ताकेसी कासेइले भने‚ । तर‚ उनीहरूलाई स्वयं संक्रमित भएको जानकारी भने नहुन पनि सक्छ।’

भाइरसका कारण दीर्घ रोगी‚ वृद्धवृद्धा र ठूलो जनघनत्व भएका शहरमा बसोबास गर्ने मानिसहरू उच्च जोखिममा रहेको उनले बताए। सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सतर्कताका विधिबारे सचेत गराउन सकेको खण्डमा क्षतिलाई कम गर्न सकिने उनले बताए। ‘त्यसो गर्दा भाइरस पनि फैलन पाउँदैन‚ अर्थतन्त्र पनि धेरै बिग्रँदैन‚’ कासेइले भने। file Photo

फेसबुक प्रतिक्रियाहरु