मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • रामेछापको मन्थली नगरपालिका सिल : प्राविधिक सहायक पदपर्तिको सूचना स्थगित, जिल्ला अघोषित बन्दाबन्दी
रामेछाप बिशेष

रामेछापको मन्थली नगरपालिका सिल : प्राविधिक सहायक पदपर्तिको सूचना स्थगित, जिल्ला अघोषित बन्दाबन्दी


साउन ३०,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत प्राविधिक सहायक पदपर्तिको सूचना स्थगित भएको छ ।  नगरपालिकाले बिहिबार साँझ एक सूचना मार्फत जानकारी दिएको हो । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुखलाई कोरोना भाइरस संक्रमण पुष्टि भए पश्चात् नगरपालिकाका प्रविधिक कारणले भन्दै अर्को सुचना प्रकाशन नहुदासम्मको लागि यसअघि जारि गरेको सूचनास्थगित गरिएको जनाएको छ ।

बिहिबार नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुखसहित जिल्लाबाट पठाएको स्वाबको दुई जनामा कोरोना पुष्टि भएको थियो । योसंगै जिल्लामा कोरोना संक्रमितको सख्या ३३ पुगेको छ । नगरपालिका पूर्ण रुपमा सिल गरिएको छ । भने जिल्ला पनि पूर्ण रुपमा आगामी भदौ ११ गतेसम्मका लागि बन्दाबन्दीलाइ अघोषित रुपमा लागू गरिएको छ । यातायातका अत्यावश्कका बाहेक सवारीसाधान चलेका छैनन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु