शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गोकर्णेश्वरमा ९ मा एक जनामा कोरोना संक्रमण पुष्टि : सो क्षेत्रलाई सिल गरिने तयारी
समाचार

गोकर्णेश्वरमा ९ मा एक जनामा कोरोना संक्रमण पुष्टि : सो क्षेत्रलाई सिल गरिने तयारी

कोरोना

साउन २९,

जोरपार्टी ।  गोकर्णेश्वर नगरपालिका वडा नं ९ को एक जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ।  नगरपालिका वडा नं ९ को हातेमालो क्षेत्रमा २५ बर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको वडा अध्यक्ष राजिब थापाले जानकारी दिए ।  उनले कोरोना पोजेटिभ भएको पुष्टि भए संगै सो व्यक्तिको सम्पर्कमा आएकाहरुको खोजी गरि कोरोना परिक्षण गरिने र परिक्षणको नतिजा नआए सम्मको लागि सो क्षेत्रलाई आज बिहान देखि सिल गर्न लागिएको जानकारी दिए ।

उनले सिल गरिएको स्थानमा सर्वसाधारणहरुको आवत जावत पुर्ण रुपमा निषेधित गरिने बताए ।  उनले गोकर्णेश्वर नगरपालिका वडा नं ९ को विपद व्यवस्थापन समितिका सदस्यहरु जनप्रतिनिधि र स्वयं सेवकहरुको सहयोगमा सो क्षेत्र शिल गर्न लागिएको र आज बाट नै कन्ट्याक्ट ट्रेसिंगको कार्य अघि बढाइने पनि उनले जानकारी गराए।

साथै उनले कोरोना बाट त्रसित नभई सुरक्षा साबधानी अपनाउन समेत अनुरोध गर्दै अत्यावश्यक काम बाहेकका अन्य प्रयोजनका लागि बाहिर नआई घर भित्रै सुरक्षीत बस्न पनि उनले अनुरोध गरेका छन ।file Photo

फेसबुक प्रतिक्रियाहरु