शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाग्मती प्रदेशका मन्त्री ढुंगेलद्वारा रामेछापमा नवनिर्मित श्रीकृष्ण मन्दिरको उद्घाटन
रामेछाप बिशेष

बाग्मती प्रदेशका मन्त्री ढुंगेलद्वारा रामेछापमा नवनिर्मित श्रीकृष्ण मन्दिरको उद्घाटन

श्रीकृष्ण मन्दिरको उद्घाटन

साउन २७,

रामेछाप ।  श्रीकृष्ण जन्माष्टमीको अबसर पारेर बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले मंगलवार खाँडादेवी गाउँपालिकाको वडा नं–५ पकरबासमा नवनिर्मित श्रीकृष्ण मन्दिरको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले धर्मले समाजलाई अनुशासन तर्फ डोर्याउने भएकाले यस्ता मठ मन्दिर निर्माण हुनु खुसीको कुरा भएको बताए । उनले हिन्दुधर्मावलम्बीहरुका देवताका रुपमा चिनिएका श्रीकृष्णको महिमा सुन्न तथा सुनाउन र हरेक कृष्णजन्माष्टमीमा पुजाआजा गर्न यस मन्दिरले सजिलो हुने बताए ।

प्रदेश सरकार र खाँडादेवी गाउँपालिका समेतको गरी करिब १८ लाखको लागतमा उक्त मन्दिरको निर्माण कार्य पुरा भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङ, खाँडादेवी गा पा–५ का वडा अध्यक्ष तुलसीदास श्रेष्ठ लगायतले श्रीकृष्ण महिमा को वारेमा चर्चा गर्दै यस मन्दिरले हिन्दु धर्म मान्नेहरुलाई पुजा अर्चना र कृष्णजन्माष्टमी पर्वका बेला मेला लाग्न सहज हुने बताए । file Photo

फेसबुक प्रतिक्रियाहरु