शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • भक्तपुरमा जिप र मोटरसाइकल ठक्कर ,चालकको मृत्यु : रामेछापका श्रेष्ठ पक्राउ
दुर्घटना/अपराध

भक्तपुरमा जिप र मोटरसाइकल ठक्कर ,चालकको मृत्यु : रामेछापका श्रेष्ठ पक्राउ

जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना

साउन २५,
रामेछाप । भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

फरार जिप चालक रामेछाप सुनापति गाउँपालिका ५ खनियापानी घर भई काठमाडौँ शङ्खमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान शुरु गरेको उनले जानकारी दिनुभयो । file Photo

फेसबुक प्रतिक्रियाहरु