शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापकाे मन्थलीमा टिफर दुर्घटनामा परि दाेलखाका पाण्डे घाइते
दुर्घटना/अपराध

रामेछापकाे मन्थलीमा टिफर दुर्घटनामा परि दाेलखाका पाण्डे घाइते

टिफर दुर्घटना

 

साउन २५,
रामेछाप । रामेछापकाे मन्थली नगरपालिका -२ लिपेखोलामा अाइतबार दिउँसो माध्यनह १२ : २० बजे टिफर दुर्घटना परि एक घाइते भएका छन् ।

घाइते हुनेमा साेही टिफरका चालक दोलखा जिल्ला बिगु गाउँपालिका वडा नं. ४ सिंगटी बस्ने अन्दाजी २५/२६ वर्षका मोहन बहादुर पाण्डे रहेका छन् । उनलाई रामेछाप प्रहरीले उद्दार गरी उपचारको लागी सदरमुकाम मन्थलीस्थित सामुदायिक अस्पताल मन्थली ल्याई ल्याएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी वसन्त पाठकले जानकारी दिए । उनकाे उपचार हुदै भैरहेकाे छ । घाइतेकाे अनुहार, दुबै हात र ढाडमा चोटलागेकाे छ ।

बर्दिबासबाट दोलखा तर्फ ईटा लिएर जादै गरेको बा ४ ख ८९४१ नम्बरको मिनि टिफर सडक बाट अन्दाजी ३ सय ५० मिटर तल खसेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु