शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापमा सुनकोशी जलविद्युत आयोजना बने, आफूहरुको पैतृक थाकथलो गुम्ने माझी समुदायको पहिचाननै गुम्ने खतरा
रामेछाप बिशेष

रामेछापमा सुनकोशी जलविद्युत आयोजना बने, आफूहरुको पैतृक थाकथलो गुम्ने माझी समुदायको पहिचाननै गुम्ने खतरा

२६ औँ विश्व आदिवासी दिवसका

साउन २५,
रामेछाप । रामेछापको मन्थली नगरपालिकामा बसोबास गर्ने माझी समुदयका महिलाहरुले सुनकोशी २ जलविद्युत आयोजनाले आफूहरुको पैतृक थाकथलो गुम्ने बताए । वडा नं ६ कुनौरीमा बसोबास गर्दै आएका उनीहरुले आइतबार २६ औँ विश्व आदिवासी दिवसका अवसरमा गरेको एक कार्यक्रममा यस्तो बताएका हुन् ।
कार्यक्रममा उनीहरुले आफुहरुको भाषा, धर्म, संस्कृति, परम्परा र पहिचान लोप हुनलागेको बताउदै लैङगिक हिंसा चोरी जस्ता चुनौतीहरुको सामना गर्नुकरेको गुनासो गरेका थिए । साथै महिलाहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, यातायातको पहुँचमा समस्या आउँने गुनासो गरेका थिए ।
उनीहरुले आफ्ना ऐतिहासिक, सामाजिक एकता हराउँने, परम्परा र संस्कृतिमा विचलन पर्दै आएको भन्दै यसका बारेमा गम्भीर बन्न सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । file Photo

फेसबुक प्रतिक्रियाहरु