शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा धेरै मृत्यु
समाचार

२४ घण्टामा भारतमा विश्वकै सबैभन्दा धेरै मृत्यु

फेरि बढ्याे भारतमा काेराेना मृत्युदर,

साउन २५,

काठमाडाैं । भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ४ सय ५३ पुगेको छ। जसमध्ये १७ हजार ३ सय ६७ जना महाराष्ट्रकै रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै तामिलनाडुमा ४ हजार ८ सयभन्दा बढीको निधन भइसकेको छ। गएको २४ घण्टामा महाराष्ट्रमा मात्रै २ सय ७५ जनाको निधन भएको भास्करले उल्लेख गरेको छ।

यस्तै पछिल्लो २४ घण्टामा भारतभर ८ सय ७५ जनाको कोरोनाकै कारण निधन भएको छ। जुन विश्वमै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मानिसको ज्यान गएको देश हो। भारतमा पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर निकै बढिरहेको छ। विश्वभर फैलिएको कोरोना महामारीबाट भारतभर २१ लाख ५२ हजारभन्दा बढीमा संक्रमण फैलिसकेको छ।file Photo

फेसबुक प्रतिक्रियाहरु