शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापमा थपिए ५ जना कोरोना संक्रमित : ३२ पुग्यो कूल
रामेछाप बिशेष

रामेछापमा थपिए ५ जना कोरोना संक्रमित : ३२ पुग्यो कूल

कोरोना

साउन २५,

रामेछाप । रामेछापमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विदेशबाट फर्केका चार जना सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार अपरान्ह स्वास्थ्य मन्त्रालयको प्रेस बिफ्रिङमा भनिएका पाँच जना मध्ये चार जना सेलेघाटको होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरु रहेको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले जानकारी दिए । सेलेघाटको होल्डिङ सेन्टरमा रहेका चारै जना पुरुष रहेका छन् । उनिहरु २३, २५, २८ र ३४ वर्षका रहेका छन् । डा. आचार्यका अनुसार अर्का एक जनाको बारेमा स्पष्ट नभएको र उनको बारेमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी थप जानकारी लिने काम भईरहेको छ ।

स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा चार जना र वीर अस्पतालमा एक जना गरी पाँच जनामा कोरोना पोजेटिभ भएको तथ्यांक सार्वजनिक गरेको थियो । योसंगै रामेछापमा कोरोना पुष्टि हुने कूल संख्या ३२ पुगेको जानकारी जिल्ला अस्पतालले दिएको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु