शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • “रक्तदान जीवन दान हो भने अन्न दान प्राण दान हो” कालिनागेश्वरी मन्दिर, भिमसेन गोला
समाचार

“रक्तदान जीवन दान हो भने अन्न दान प्राण दान हो” कालिनागेश्वरी मन्दिर, भिमसेन गोला

विश्व कोभिड–१९ को आक्रमणबाट आक्रान्त भएको छ । त्राहिमान त्राहिमान भन्ने आवाज कानमा नगुञ्जिएता पनि मानव मस्तिष्कमा भने विकराल रुप मडारिएको छ । विश्वका हरेक व्यक्तिमा अन्यौलको अवस्था भने सृजना नभएको होईन तथापी यहाँ दानी तथा सहयोगी हृदय र सहयोगी हातहरुको कमी भने पक्कै छैन् वर्तमान परिप्रेक्षमा देख्न सकिन्छ । नेपालमा कोरोनाको प्रभाव २ महिना सम्म त त्यति विकराल अवस्थामा थिएन तर हिजो आज एक दुई दिनको संक्रमित बृद्धि दरका कारण राष्ट्र नै स–संकित भएको छ । लकडाउन नै यसको दृर्घकालिन उपाय भएको हँदा प्रत्येक व्यक्ति व्यक्ति, टोल बासी, पहरेदार बन्न आवश्यक छ ।

हामीले दुई महिना सम्मको अनुभव हेर्दा हामी नागरिक विभिन्न बाहानामा भिडभाड गर्न तल्लिन भएका छौँ भने साधारण निमूखा व्यक्तिहरु उपयुक्त निकायमा सम्पर्क गर्न नसकेका कारण वास्तवमै मारमा परेका छन् । वडा प्रतिनिधी, समाजसेवी तथा विभिन्न संघ संस्थाले यस्ता पिडित वर्गको उत्थान गर्नु आजको आवश्यकता हो नकि मेरो पार्टीको सदस्य वा आफन्त भएको कारण । मैले प्रति व्यक्तिलाई सहयोग गरे भन्नु भन्दा पनि मेरो सानो सहयोगले साच्चै नै दिन दुःखी, गरिव, विपन्न, बिरामी वर्गको घरमा, पेटमा अन्न प्राप्त भयो भन्नु उत्तम हुन्छ ।
देश भर विभिन्न संघ संस्था तथा नेपाल सरकारद्वारा राहत वितरण भईरहेको छ भने चोक, चोक र टोलमा निःशुल्क खाना वितरण भैरहेको छ । सबै यो माहामारीको अवस्थामा धन्यवादको पात्र हुनुहुन्छ । यसै क्रममा काठमाडौं महानगरपालिका वार्ड नं. ३१, भिमसेन गोला, प्रयागमार्ग श्री कालिनागेश्वर शिव मन्दिरमा केही दिन देखि निःशुल्क खाना वितरण गरिदैछ । मन्दिर परिवारले यो स्थान उपलब्ध गराएकोमा सबै महान हृदयका पात्र हुनु हुन्छ किनकि मठ मन्दिर, विद्यालय जस्ता सामाजिक सेवाका स्थलहरु समाजकै लागि हुनु । यसमा पनि अत्यन्तै शक्रिय जुजारु युवाको रुपमा यस कालिनागेश्वर मन्दिरका सदस्य तथा ग्लोवल मल्टिकल्चरल अर्गनाईजेशनका केन्द्रिय सदस्य श्री बाल गोपाल शिवाकोटीको सक्रियतामा यस प्राङ्गणमा दीन–दुःखी, मजदुर ज्यालादारीलाई खाना वितरण गरिदै छ । वहाँको अन्तर हृदयको आवाजलाई त्यहि एरियामा बसोबास गर्ने विद्यार्थीहररुले सुने र एक समूह बनाए अनि एक एक गर्दै एउटा समूह तयार भयो ।
यसैक्रममा कसरी सहयोग जट्यो भनेर युवा विद्यार्थी जितेन्द्र शर्मा भिमसेनगोला निवासी सँग टेलिफोन सम्पर्क हुँदा वहाँहरुको एक विद्यार्थी समूहमा सार्थीहरु एक भएर जुट्न पुगे त्यसमा जितेन्द्र शर्मा, गोविन्द सुवेदी, मणिराज सुनवार, विशाल राई, सुवेक्षा श्रेष्ठ, उमा तामाङ्ग, शिव नन्दनको एक समूह तयार भयो । दैनिक १०० देखि २०० जना सम्म खाना खुवाउने योजनाका साथ निःशुल्क खाना वितरण गर्न थालियो संक्रमणकालमा बास्तवमै दैनिकी गुजारा गर्न कठिनाई भएकाहरुको लागि यो सेवा उपलब्ध भएको श्री वालगोपाल शिवाकोटी भन्नु हुन्छ । सम्पन्न वा दैनिकी गुजारा गर्न योग्य व्यक्ति आएमा कालिनागेश्वरको नेत्र खुल्ला छन् वहाँ भन्नु हुन्छ ।
युवा विद्यार्थीहरु द्वारा तपसिलका सामाग्री दैनिक रुपमा उपलब्ध भएका छन् ।
(१) चामल ५ वोरा (२) गोलभेडा १५ के.जी.(३) तेल १ काटुन (४) खोर्सानी १ के.जी (५) दाल १० के.जी. (६) आलु १५ के.जी. आदि….
यसरी नै उदार हृदय र जनताका प्रतिनिधि प्रदेश सभा सदस्य माननीय श्री गणेश प्रसाद दुलालको सहयोगी मन रोकिन सकेन र उक्त कार्यमा शक्रिय भुमिकामा रहनु भयो । का.म.न.पा सँग समन्वय गरि वहाँद्वारा लकडाउनको अवधि भर रासन उपलब्ध गराउने प्रतिवद्धताका साथ चामल उपलब्ध गराई रहनु भएको छ । यसै गरी कालिनागेश्वर प्राङ्गगण छेउमा ५० लाख निकासा गरी वृद्ध पार्क निमार्ण भइरहेको छ । दैनिक ज्याला दारी श्रमिकलाई सहयोग होस् भनि हाल २७ जनालाई रोजगारी समेत प्रदान गरिएको छ । यसैगरी कालिनागेश्वर मन्दिर मर्मतको लागि आवश्यक खर्च आगामी बजेटमा पारी सहयोग गर्ने समेत बताउनु भएको छ । क.ज.न.पा. वडा–३१ वडा अध्यक्ष नारायण प्रसाद भण्डारीले लगडाउन भरि खाना खुवाउने कार्यमा आवश्यक सरसफाईका सम्पूर्ण सामाग्री वितरण गर्न सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ । आवश्यक परेमा अन्य सामाग्री सहयोगमा समेत हाम्रो कर्तव्य हो भन्नु भएको छ ।
रक्तदान जिवनदान हो भने अन्न दान प्राणदान हो । तसर्थ यो अभियानमा सहयोग गर्न आमा समूह स्थानिय संघ संस्था र समाज सेवीहरु सम्पर्क आईरहेको कुरा यस कार्यका शक्रिय सदस्य शिवाकोटी ज्यू भन्नु हुन्छ र वहाँ सबैमा सहयोगको अपिल गर्नु हुन्छ । तपाई हामी सबैको सानो सानो सहयोगले भोकसंग जुदी रहेका दिन–दुःखीको प्राण रक्षा हुने हुँदा सो कार्यमा तन–मन–धन र कर्मले सहयोग गर्ने अवसर प्राप्त गर्न सबैमा आह्वान गर्नू हुन्छ । यो सामाजिक सेवा भएको हुँदा सो कार्यमा नाम र दाम कमाउने उद्देश्यले कोही पनि अघि बड्न हुँदैन तसर्थ दैनिक उपस्थिति हुनेको नामावली, पेशा तथा पहिचानको रिपोर्ट वडा कार्यालय सँग समन्वय गर्दै बुझाईरहेको छ । सबैमा सामाजिक दुरी कायमगरी लकडाउनको पालना गर्न समेत अपिल गरिएको छ ।

जुनेली न्युज : एल.पि. बुढाथोकी, काठमाडौँ

फेसबुक प्रतिक्रियाहरु