शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सरकार विघटन गर्नुपर्ने समाजवादी काँग्रेसको माग
समाचार

सरकार विघटन गर्नुपर्ने समाजवादी काँग्रेसको माग

जुनेली न्युज ,
काठमाडौं । नेपाल समाजवादी कांग्रेसले वर्तमान सरकार विघटन गरेर राष्टिय सरकार गठन गर्नुपर्ने माग गरेको छ । पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले ओली नेतृत्वको सरकारले वर्तमान समस्याको समाधान गर्न नसक्ने ठहर पनि गरेको छ । समस्या समाधानका लागि राष्टिय सरकार नै खाँचो रहेको पार्टीले जनाएको छ ।
पार्टी अध्यक्ष गोबिन्द निरौलाको अध्यक्षतामा बसेको बैठकले सरकार हरेक कुरामा असफल भएकाले विकल्प खोज्नुपर्ने निर्णय पनि गरेको छ । पार्टीले भारतले नेपालको भूमिमा बनाएको सडक निर्माण तत्काल रोक्नुपर्ने र लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन समेत माग गरेको छ ।
बाराको सीमा क्षेत्रमा प्रहरी चौकीमाथि भएको आक्रमणका साथै केही दिनअघि सिंहदरवार अगाडि चिनियाँ नागरिकबाट नेपाली सुरक्षाकर्मीमाथि भएको आक्रमणले नेपालको सार्वभौमिकतामाथि प्रहार गरेको पार्टीले निश्कर्ष निकालेको छ ।
कोरोना भाइसरको कारण भोकमरीको खतरा बढको भन्दै पार्टीले सीमामा रहेका नेपालीलाई नेपाल प्रवेश गराउन उचित पहल गर्न सरकारसँग आग्रह गरेको छ । सरकारले जनताको सुरक्षा गर्न नसकेको ठहर गर्दै पार्टीले वर्तमान समस्याको निकासका लागि पहल गर्नसमेत भनेको छ ।

फेसबुक प्रतिक्रियाहरु