शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ने. वि. संघ काठमाडौं क्षेत्र नम्बर नं ३ को आयोजनामा मिजार टोलमा राहत वितरण
समाचार

ने. वि. संघ काठमाडौं क्षेत्र नम्बर नं ३ को आयोजनामा मिजार टोलमा राहत वितरण

बैशाख २६,
काठमाडौँ | नेपाल बिधार्थी संघ काठमाडौँ क्षेत्र नं ३ को आयोजनामा गोकर्नेश्वोर नगरपालिका वडा नं ८ बेशिगाउँ मिजार टोलका ५० घर धुरीलाई एक एक बोरा चामल राहात स्वरूप वितरण गरेको छ |
कोरोना भाइरसको महामारीको बेला काम गरेर हात मुख जोड्ने बर्गलाई मार परेको हुदा राहात वितरण गरिएको नेविसंघ का अध्यक्ष राजेश अधिकारीले बताए |
सो राहात वितरण कार्यमा गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसल, नेपाल दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार लगायत अरू अन्य नेताहरु समेतको उपस्थितिमा राहत वितरण गरिएको हो |
सो राहात नेपाल मेडिकल कलेजका अध्यक्ष डा. भोला रिजालले सहयोग गर्नु भएको थियो |

फेसबुक प्रतिक्रियाहरु