शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल प्रहरी माथि चिनियाँ नागरिकद्वारा आक्रमण, डीएसपी घाइते
समाचार

नेपाल प्रहरी माथि चिनियाँ नागरिकद्वारा आक्रमण, डीएसपी घाइते

काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन गरेका छन् ।

प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेका थिए । चिनियाँ नागरिक र प्रहरीबीच भएको झडपमा एकजना डीएसपी घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी गराए

उनका अनुसार अहिले त्यसक्षेत्रमा परिसरबाट थप प्रहरी पठाइएको छ । यसअघि पनि उनीहरुले स्वदेश फिर्ता जान पाउनुपर्ने भन्दै दूतावाससँग आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु