बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर नगरपालिकाको सुचना, नि:शुल्क भोजन गराउन बैशाख २७ देखि स्थगित
समाचार

गोकर्नेश्वोर नगरपालिकाको सुचना, नि:शुल्क भोजन गराउन बैशाख २७ देखि स्थगित

बैशाख २६,

काठमाडौं। गोकर्नेश्वोर नगरपालिका भित्र  १७ ठाउमा दैनिक १४ हजार बढीले खाना खाइ रहेको बेला कोरोना संक्रमण बढ्दै गएको कारण बैशाख २७ गते देखी  नि शुल्क भोजन  पूर्ण रुपमा बन्द गरिने गरि नगरपालिकाले सुचना सहित  निर्णय गरेको छ |

उनले २०७७ साल बैशाख २५ गते नगर प्रमुख सहित स्वयम सेवीब्यक्ति एबम संस्थाहरुको बैठकहको निर्णय अनुसार २०७७ साल बैशाख २४ गते बसेको नेपाल सरकार मन्त्रि परिषदको निर्णय बाट सामाजिक दुरी कायम गरि कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु सुचारु गर्ने गरि श्रम क्षेत्रलाइ खुकुलो पार्दै लैजाने निर्णय भएकोले हाल गोकर्णेश्वर नगरपालिका क्षेत्रमा गराइदै आइरहेको निशुल्क भोजन कार्य मिति २०७७ बैशाख २७ गते देखि पूर्ण रुपमा रोकिएको जानकारी गराए।

पछि परिस्थिति अनुसार उक्त कार्यलाई निरन्तरता दिनु पर्ने भएमा पुन :हाल सेवा पुर्याईरहेका स्वयं सेवी ब्यक्ति तथा संस्थाहरु संग नै समन्वय गरि निर्णय गरिने पनि बताए। उनले उक्त कार्यलाई एक द्वार नीति अपनाई राहतका क्रियाकलाप अघि बढाइने पनि बताए। साथै उनले यस दौरानमा नगरपालिकासंग समन्वय तथा स्वीकृति प्राप्त  नगरी राहतका कार्यक्रमहरु गर्न पनि पूर्ण रुपमा बन्देज गरिएको पनि जानकारी गराए ।  सो को बारेमा नगरपालिकाले सार्वजनिक सुचना समेत जारी गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु