शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कोरोना महामारीको बेला गणेश दंगालले अमेरिकाबाट गोकर्नेश्वोर न.पा. मा गरे सहयोग
समाचार

कोरोना महामारीको बेला गणेश दंगालले अमेरिकाबाट गोकर्नेश्वोर न.पा. मा गरे सहयोग

"धेरै गर्न नसके पनि नगरपालिका भित्र भई  रहेको राहात वितरण कार्यमा इँटा थप्ने प्रयास गरेको हुँ "

बैशाख २५ ,

काठमाडौँ |  बिश्वोभरी कोरोना भाइरस (कोभिड १९ )  को महामारी भइ  रहेको बेला अमेरिका निवासी गणेश दंगालले आफ्नो छोरा शुभम दंगालको जन्मदिनको अवसरमा गोकर्नेश्वोर नगरपालिकाका मजदुर बिपन्न वर्गहरुलाई खाना खुवाउने ठाउँमा  र सुत्केरीहरुलाइ २८ हजार बराबरको खाद्यान्न प्रदान गरेका छन् |

गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सल्लाहाकार तथा युवा नेता दिपक रिसालसंग समन्वयन गरि राहात प्रदान गरेका हुन |

राहात स्वरूप गोकर्नेश्वोर नगरपालिको वडा नं ६ नयाबस्ती लड़र्स लाइट स्कुलमा मजदुर बिपन्न बर्गलाई खाना खुवाउने स्थानमा चामल, तेल, दाल, नुन गरि २० हजारको खाद्यान्न नगरपालिकाका मेयर सन्तोष चालिसेर, प्रमुख सलाहकार दिपक रिसाल, वडा अध्यक्ष रमेश अर्याल, नेपाल दलित बिधार्थी संघका केन्द्रय अध्यक्ष राजु सुनार, महिला समाजसेवी लेख कुमारी पुडासैनीको उपस्थितिमा  हस्तान्तरण गरिएको हो | तेस्तै गोकर्नेश्वोर नगरपालिकाकै मकालबारीका धन ब. मगर, किरण परियारका अपाङ्ग परिवार, सन्तोष मगरका परिवार, सुत्केरीहरु: गोमा मगर, निरमाया मगर, मंगली माया, देविका तामांग, लाल माया मगरलाइ राहात स्वरूप ८ हजारको खाद्यान्न प्रदान गरिएको हो |

आफु अमेरिका भएपनि कोरोना महामारीको समयमा आफ्नो देश नेपालको जन्म थलो गोकर्नेश्वोर नगरपालिकाको जोरपाटी भूमिको माया रहेको भन्दै अमेरिका बाटै भएपनि सहयोग गरेको गणेश दंगालले बताए | “धेरै गर्न नसके पनि नगरपालिका भित्र भई  रहेको राहात वितरण कार्यमा इँटा थप्ने प्रयास गरेको हुँ ” उनको भनाइ छ |

अमेरिकी बाट यस्तो उदार हृदय देखाएर सहयोग गरेकोमा नगरपालिकाका प्रमुख सन्तोष चालिसे र प्रमुख सल्लाहाकार तथा समाजसेवी दिपक रिसालले धन्यवाद दिएका छन् |

 

फेसबुक प्रतिक्रियाहरु