शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर न.पा. मेयर सन्तोष चालिसेको सहयोगमा ६० परिवारलाई राहात वितरण
जुनेली बिशेष

गोकर्नेश्वोर न.पा. मेयर सन्तोष चालिसेको सहयोगमा ६० परिवारलाई राहात वितरण

जुनेली न्युज, काठमाडौँ |  नेपालि काँग्रेसका युवा नेता तथा समाजसेवी लाल बहादुर लामाको प्रमुख नेतृत्वमा र गोकर्नेश्वोर नगरपालिकाका मियर सन्तोष चालिसेको सहयोगमा जोरपाटी सुन्दर टोलका ६० जना मजदुर तथा बिपन्न वर्गहरुलाई राहात वितरण गरेका छन्   |

कोरोनो भाइरसको महामारीले गर्दा मजदुर र बिपन्न गरिब परिवार भोको नरउन भनेर राहत वितरण गरेको लामाले बताएका छन् |

राहात वितरणमा नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगरपालिकाकै प्रमुख सल्लाहाकार दिपक रिसाल, वडा नं ५ का अध्यक्ष नारायाण सुबेदी, वडा नं ६ का अध्यक्ष रमेश अर्याल, वडा नं ८ का अध्यक्ष मनोज ढुंगाना र स्थानीय समाजसेवी हरुको समेत उपस्थिति रहेको थियो |

राहत ढुवानीको लागि बिजय श्रेष्ठले गाडी सहयोग गर्नु भएको थियो |

फेसबुक प्रतिक्रियाहरु