शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हाम्रो सुनौलो संसार बाल आश्रमले २ जना बालबालिकाको उद्धार गर्यो
जुनेली बिशेष

हाम्रो सुनौलो संसार बाल आश्रमले २ जना बालबालिकाको उद्धार गर्यो

बैशाख १८ , काठमाडौँ | हाम्रो सुनौलो संसार बाल आश्रमले दुइ जना बालबालिकाहरु ११ वर्षीय नितिशा राई र ९ वर्षीय नेतिश राई लाइ उद्दार गरेको छ |
बालबालिकाहरू जसको बुबा कहाँ हो थाहा नभएको र आमाले पनि एक वर्ष अगाडि देखिने  छोडेकी थिइन् । यी २ जना बालकहरू गोकर्णेश्वर नरपालिकाको वडा नं ६ नयाँ बस्तीमा आमाले छोडेको रुममा बसी रहेका थिए।
हाम्रो सुनौलो संसार बाल आश्रममा विभिन्न माध्यमबाट  खबर आए पछि अध्यक्ष मेनुका कोइराला र सचिव सुबास बराइली  गएर बुझ्दा बालबालिकाको अवस्था साच्चिनै कारुणिक रहेको बताए |
खाना आफै बनेर खानु पर्ने, कोठामा खाना केहि नभएको ,  नया बस्ति क्लबमा राहतको खाना खान  जान्थे, ओढ्ने ओछौनी एकदमै फोहोर अबस्था, अन्य कोठामा बस्नेहरुले अलि अलि सहयोग गर्ने यस्तो अबस्था बाट ती बालबालिकाहरुलाई  हाम्रो सुनौलो संसार बाल आश्रमले ल्याएको छ |
नयाँ बस्ती प्रहरी बिट का प्रमुख र स्थानीय समाजसेवी राजु सुनार सहितको टोलि गएर र उनीहरुको आमालाई समेत बोलाएरमा सहमतिमा ल्याइएको हो |

फेसबुक प्रतिक्रियाहरु