शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मुक्तिनाथ महिला समुहद्वारा बिपन्न वर्ग र सुत्केरीलाई राहत वितरण
समाचार

मुक्तिनाथ महिला समुहद्वारा बिपन्न वर्ग र सुत्केरीलाई राहत वितरण

बैशाख १७

काठमाडौँ | गोकर्नेश्वोर नगरपालिका वडा नं ८ माकालबारीमा अबस्थित  मुक्तिनाथ महिला समुहले गरिब, मजदुर तथा बिपन्न बर्गहरुलाइ राहात वितरण गरेको छ | सुत्केरि महिला सहित ११ जनालाई आज राहत स्वरूप खाधान्न वितरण गरेको हो | २  जना सुत्केरी महिलालाई राहत सहित केहि रकम पनि प्रदान गरिएको थियो | महिला समुहकै दिदीबहिनीहरु मिलेर रकम संकलन गरेर राहात वितरण गरिएको थियो |

कोरोना भाइरसको कारण सरकारले लक् डाउन गरे संगै मजदुर र बिपन्न बर्गलाई समस्या परेको हुदा उनीहरुलाइ केहि हद सम्म सहयोग होस् भनेर राहत वितरण गरेको महिला समुहकी अध्यक्ष बिमला श्रेष्ठले बताउनु भएको हो | राहातको लागि मुक्तिनाथ महिला समुहका प्रमुख सल्लाहाकार तथा  समाजसेवी राजु सुनारको  बिशेष  सहयोग रहेको थियो  |

राहातमा चामल १५ केजी, दाल १ केजी,  नुन १ पोका,  तेल १ लिटर, मसौरा १ पोका, चाउचाउ २ ओटा,  आलु १ केजी र  सुत्केरीलाइ राहत सहित रु .७०० /-  भटमास , राज्मा, बोडी , चना , चिनी , चिया पत्ती दिएको थियो |

फेसबुक प्रतिक्रियाहरु