शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल दलित बिधार्थी संघले साकोमी युवा क्लबको समन्वयनमा गर्यो यस्ता व्यक्तिहरुलाई सहयोग
समाचार

नेपाल दलित बिधार्थी संघले साकोमी युवा क्लबको समन्वयनमा गर्यो यस्ता व्यक्तिहरुलाई सहयोग

बैशाख १६  ,

काठमाडौँ |   नेपाल दलित संघ केन्द्रीय समिति र नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिको संयुक्त प्रयासमा  काठमाण्डौं शंखारापुर नगरपालिका वडा नं ५, साँखु, बिसाम्माभरा गाउँमा रहेकि माइली थिंग तामंगलाइ नेपाल दलित संघका केन्द्रीय अध्यक्ष राजु सुनार सहित अन्य साथिहरु घरमा पुगेर  राहत प्रदान  गरेको छन्  |

माइली थिंगको छोरा ८ वर्ष, छोरीहरु ५ र ४ बर्ष गरि ३ वटा बालबालिकाहरु रहेका छन्  भने श्रीमानले १ बर्ष देखि कुनै वास्था नगरेको र आफु दिदि भिनाजुको घरमा आश्रय लिएर बसेको बताएकी छिन | अध्यक्ष सुनारले राहत स्वरूप चामल, दाल, चाउचाउ, तेल, बिस्कुट, नुन आदि प्रदान गरेका थिए  |

तेस्तै साँखु सालिनादी पुल मुनि बसी रहेका २ जना बृद्धाहरुलाई समेत राहत प्रदान गरिएका थिए | बिगत ७ महिना देखि कहिँ आश्रय नपाए पछी पुल मुनि बसेको बृद्धाले बताए | यो अबस्था देखेर अध्यक्ष सुनारले यस्तो ठाउँ तिर पनि सरकारको ध्यान पुग्नु पर्ने बताएका छन्  |

तेस्तै साँखुका अन्य व्यक्ति जो दैनिक ज्याला मजदुर गरेर खाने व्यक्तिहरुलाई समेत राहत वितरण गरिएको थियो |

राहत वितरणमा साँखुमा रहेको साकोमी युवा क्लबका अध्यक्ष रोनिल डंगोल, अन्य युवाहरु धनराज घले र बुद्धिलाल तामांगले समन्वयन गरेका थिए |

विशेष भूमिका: माननीय मीन विश्वकर्मा ज्यू, आदरणीय हरिशरण नेपाली ज्यू, आदरणीय दीपक सोनी ज्यू, आदरणीय शेरब बहादुर तामाङ ज्यू, टेक बहदुर वि.क ज्यू, सुवास बराईली ज्यू   पाल्देन लामा,  र सहयोगी अरु सम्पूर्णलाई राजु सुनारले  धन्यवाद व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु