शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पिरतीको लेकबेसी तिमि मेरी माया – एल.पि. बुढाथोकी
जुनेली बिशेष

पिरतीको लेकबेसी तिमि मेरी माया – एल.पि. बुढाथोकी

पिरतीको लेकबेसी तिमि मेरी माया
पुर्णिमाको जुन जस्तै शीतल तिम्रो छाया ।

पानी जस्तै कञ्चन अनि साचो माया हुन्छ
मृत्यु भन्दा भयकंर धोका प्रिति हुन्छ ।
आँधी जस्तै निष्ठुर बनि नआउनु है माया
पुर्णिमाको जुन जस्तै शीतल तिम्रो छाया ।।

सगर झै निडर अनि अटल माया हुन्छ
सहास नै बिजयको पहिलो कदम हुन्छ ।
हस्त रेखा हेरी कर्म नखोज्नु है माया
पुर्णिमाको जुन जस्तै शीतल तिम्रो छाया ।।

बिहानीको शीत बिन्दु जस्तै जीवन हुन्छ
त्यहि शीतले जीवन मैदान हरियाली हुन्छ ।
भाग्य आफै आउला भनि नकुर्नु  है माया
पुर्णिमाको जुन जस्तै शीतल तिम्रो छाया ।।

फेसबुक प्रतिक्रियाहरु