शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काठमाडौँ जोरपाटी चोकमा मजदुर तथा विपन्नलाई खाना वितरण
समाचार

काठमाडौँ जोरपाटी चोकमा मजदुर तथा विपन्नलाई खाना वितरण

बैशाख ८,

काठमाडौँ | गोकर्नेश्वोर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी को नेतृत्व र जोरपाटीका युवा हरुको संयुक्त प्रयासमा जोरपाटी चोकमा मजदुर र बिपन्न परिवारलाई खाना खुवाउने कार्यक्रम सुरु भएको छ | बिहान १० देखि ११ बजे सम्म र बेलुका ६ बजे देखि ८ बजे सम्म खाना खुवाई रहेको छ | खाना लागि खाद्यान्न स्थानीय समाजसेवीहरुले सहयोग गरि रहेका छन | भने स्थानीय युवाहरु पकाउनको  लागि बिहानै देखि खटि  रहेका छन् |

कोरोना भाइरसको कारण लक डाउन भए संगै देश भरिका जनता हरु घर भित्रै बसेका छन् | काठमाडौँ बाट घर जाने मजदुर तथा बिपन्न वर्ग हरु जो एक छाक खानाको लागि काम गर्छन तिनी हरुको भोकलाई ध्यानमा  खाना पकाएर खुवाउने कार्य भै रहेको छ |

फेसबुक प्रतिक्रियाहरु