मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • किड्स सांग्रिला होमद्वारा गोकर्नेश्वोर न.पा. मा यति धेरै राहात वितरण
समाचार

किड्स सांग्रिला होमद्वारा गोकर्नेश्वोर न.पा. मा यति धेरै राहात वितरण

जनताको भोको पेटलाई केहि हद सम्म राहत पुगोस

बैशाख ९ ,

काठमाडौँ |    किड्स सांग्रिला होमले  गोकर्नेश्वोर नगरपालिका वडा नं ६ र ८ मा  मजदुर तथा बिपन्न बर्गको लागि खाना खुवाउनालाई खाधान्न वितरण गरेको छ |

 

गोकर्नेश्वोर नगरपालिका वडा नं ४ मा अबस्थित किड्स सांग्रिला होमका कोषाध्यक्ष अरुण कुमार कार्की र कार्यक्रम संयोजक दिनेश भण्डारी लगायतका टिमले जनताको भोको पेटलाई केहि हद सम्म राहत पुगोस भन्ने हेतुले खाद्यान्न वितरण  गरेका  हुन् | उक्त कार्यक्रममा सम्बन्धित वडाका अध्यक्ष रमेश अर्याल (वडा नं ६), मनोज कुमार ढुंगाना (वडा नं ८), नगरपालिकाका मेयर सन्तोष चालिसे र नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालको समेत उपस्थिति रहेको थियो |
उक्त किड्स होमले राहत स्वरूप वडा नं ६ मा आज 

  1. चामाल ५० बोरा
  2. रातो दाल ७ बोरा
  3. तेल ७ बाकस
  4. आलु ८० के जी
  5. प्याज ४० केजी
  6. बेसार २ बन्डल
  7. धुलो खुर्शानी २ बन्डल
  8. जिरा २ बन्डल
  9. BMC मसला  ३ बन्डल
  10. नुन १ बोरा
  11. मस्यौरा २ बोरा  वितरण गरेको हो भने

वडा नं ८ मा 

  1. चामल ५० बोरा
  2. रातो दाल ५ बोरा
  3.  तेल ७ बाकस
  4. आलु २ बोरा
  5. प्याज १ बोरा
  6. बेसार २ बन्डल
  7. जिरा २ बन्डल
  8. खुर्शानी २ बन्डल
  9. BMC मसला ३ बन्डल
  10. नुन १ बोरा
  11. मस्यौरा ४० प्याकेट  राहत स्वरुप वितरण गरेको हो |

उक्त कार्यको प्रशंसा गर्दै गोकर्नेश्वोर नगरपालिका प्रमुख. नगरपालिकाकै प्रमुख सल्लाहकार ,  सम्बन्धित वडाका अध्यक्षहरुले किड्स सांग्रिला होम परिवारलाई धन्यबाद दिएका छन् |

साथै हिजो वडा नं ५ मा पनि सोहि अनुसारको खाद्यान्न वितरण गरेको थियो  भने नगरपालिका भरिका सानै वडामा वितरण गर्ने जानकारी गराएको छ

(संबाददाता रन्जन कुमार सापकोटा) 

फेसबुक प्रतिक्रियाहरु