बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भोको पेटको अधिकारमा आएको राहातमा राजनीतिकरण नहोस् -समाजसेवी एल.पी बुढाथोकी
समाचार

भोको पेटको अधिकारमा आएको राहातमा राजनीतिकरण नहोस् -समाजसेवी एल.पी बुढाथोकी

कोरोना सरुवारोगको रुपमा अघि बड्छ भने भोकमरी व्यक्ति व्यक्तिमा उत्पन्न हुने अर्को भयकर रोग हुन सक्छ

महामारी संगै कालो बजारी

विश्वभर संक्रमित महामरी जसमा चित्कार तथा दुरिवत दुखि मन बाहेक केहि पाइएको छैन । विश्व युद्ध देखि लिएर इरान इराकको युद्ध आदि इत्यादी हाम्रो नजरमा कैद भएका ताजा तथ्य स्मरणमा नै छन्, छ र रहन्छ । मानिस अर्थ तन्त्रको होडवाजीमा म भन्ने विशाल महत्वकाक्षाको पराकाष्ठको दौडमा थाकेकै छैन ।

साम्राज्यवादी मुलुकको त के कुरा गर्नु साधारण घर गाउँ र शहरमा पनि व्यक्ति भित्रको साम्राज्यवादी निति यति तेज सँग विचरण भै रहेको छ कि त्यसको मापन गर्न सकिन्न । विश्व भरका मुलुकहरुको कालो बजारीको तथाङ्कमा नेपाल पनि बड्दो सुचाङ्कमा पर्दछ । वर्तमान समयको मुल्यङ्कन गर्दा त झन भुकम्पको कारण होस वा कोरोनाको कारण होस मानिस गरिव तथा निमुखाको श्रम द्वारा आर्जित दैनिक ज्यालादारीमा पनि अवसर माथिको अवसरको रुप लिएका उदारणहरु काफी छन् । राहतमा वितरण गरिएका कुहिएका चामल हुन या वडा सदस्यले ५ बोरा गरिबको नाममा छुट्ईएका राहतका चामल हुन् । अफसोस त व्यवस्था व्यवस्थापन संग सम्बन्धित छ। यदि नेता मन्त्रिका परिवार यो महामारीको भित्रमा हुन्थे भने सामाधानको दुरी पनि कम हुन्थ्यो होला आज दिनदुखीले अनुमान लगाउन थालेका छन् ।

६०१ सभासद द्वारा संचालित सरकार र सात प्रदेशमा विभक्त राज्यलाई त झन  महामारीको अवस्थामा कार्यविभाजन गर्न कठिनाई नहुनु पर्ने । आज सबै राजनैतिक अगुवाको विचारमा कुनै ब्रेक लगाइएको छैन । सबै वर्ग र संगठनलाई काम गर्न पनि कानुनले तगारो बनेको छैन । चुनावी प्रचार वमोजिम हरेकको  घर दैलोमा पुग्ने हाम्रो राजनैतिक कर्मीहरु मेरो घर भनौ वा टोलमा कोहि भोको छ कि भनि सोध्न समेत कोहि आएको देखिएको छैन । भ्रष्टाचार र कालोबजार यदि मिडियामा मात्र सिमित हो र असत्य हो भने यसको कारबाही किन हुन्न प्रेस स्वतन्त्रताको नाममा कोहि भाइरल हुन खोजेको भने त्यसको कानुनि व्यवस्थापन खै ? यसको जवाफ को अपेक्षामा आज जनता प्रश्न गरी रहेका छन| नेपाल जस्तो सानो बिकासोन्मुक देशमा मन्त्रि स्तायि निर्णयहरु सबै जनता द्धारा स्वागत योग्य  कदम मानिएको छ, तथावि जनताको बास्तविक्ता के हो यसको प्रभावकारी व्यबस्था कसरी हुन सक्छ ? जनतामा के-कस्ता प्रविधिको हानि भएको छ ? यसको अध्यापन र अनुगमन आवस्यक छ कि छैन ?

कोरोना सन्दर्भ

आज मेरो दृस्टान्तमा लकडाउन सबै नागरिक हितको विषय हो । सबैमा चेतना हुन जरुरी छ । यसको प्रभावकारीता कसरी जनस्तरमा स्विकार्य हुन्छ खोज गर्न अनुरोध गर्दछु । लगडाउनले मानिसको दैनिकिमा प्रत्यक्ष प्रभाव पारेको छ, तर यसको व्यवहारिक उपभोगिता केवल मुख्य सडक या मेन रोडमा मात्र लागु भएको पाइएको छ । भित्री सडक गल्ली भटी चिया पसल अनि पुजीपती वर्गमा यसको असर भएको देखिदैन । निर्वाध रुपमा संचालन भएको छन् । यसले मानिसको सम्पर्क कार्य समाप्त भएको छैन ।

वडा स्तरमा प्रतिनिधि तथा राजनैतिक तथा सामाजिक व्यक्तिहरु पनि प्रहरीका रुपमा राज्य सँग सहकार्य गरुन भने भनि गरिव दुःखीको आवाज सुन्न पाइन्छ । प्रधानमन्त्री ज्यू तथा मन्त्रिमण्डल सबैमा अनुरोध गर्न चाहन्छौ कि तपाईका राज्यका सबै कार्यहरु सक्रिय हुन जरुरी छ । मानव समुदायमा केवल म र मेरो भलाई भनि कालोबजारीको सिमा नरोक्ने हो भने दैनिक मानिसको पेटमा भोकमरी को अर्को महामारी शुरु हुन्छ । दानव प्रविद्धिको विकास हुन्छ । अन्तत्वगत्व लगडाउनको नाराले कुनै असर बाकी राख्दैन जस्तो लाग्छ । कोरोना सरुवारोगको रुपमा अघि बड्छ भने भोकमरी व्यक्ति व्यक्तिमा उत्पन्न हुने अर्को भयकर रोग हुन सक्छ, कृपया ध्यानाकषर्ण होस ।

गरिव दुःखीको भोको पेटको अधिकारमा आएको राहात कसैको चुनावि फाइदाको लागि सिफरिसमा वितरण नहोस २ महिना पहिल्यै खाध्यन्न तथा तेलमा भएको मुल्यमा आज प्रति बोरा ७५ देखि १०० रुपैया वृद्धि भयको छ| यसको कानुनि आधार के हो ? हिजो साधारण अवस्थामा खटिएका अनुगमनहरु आज किन निस्कृय छन ?  के सरकारले सवै उपत्यका भित्रका बस्तुको बजार मुल्य सार्वजानिक गर्न सक्दैन ? प्रत्यक ब्राण्डको चामल तेल नुन दाल गेडागुडि चिनि आय मैदाको खुद्रा र होलसेल मुल्य सरकारी स्तर बाट सार्वजानिक गर्न सकिन्न ? खुद्रा तथा होलसेलद्वारा खरिद तथा साधारण ग्राहक नठगिउन भनि कसको ध्यानाकषर्ण हुनु पर्ने हो, सार्वजानिक होस भन्ने नागारिकको आवाज कस्ले सुन्छ राज्य संचालक प्रधानमन्त्रिसंग प्रश्न छ ?  अर्थतन्त्र, महामारी र भष्ट्रचार आजको राज्यको सफलता संग सम्बन्धित प्रमुख विषय हो |सरकारले राजनितिक र व्यावस्थालाई दिगो तथा विकासोन्मुख  मार्ग तय गरि मानवता तथा समभावको संकल्प अघि बडाओस , हाम्रो शुभ कामना ।

फेसबुक प्रतिक्रियाहरु