शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काठमाडौँ सुन्दरीजलमा ३५० जना मजदुर र बिपन्न परिवारलाई खाना खुवाइयो
समाचार

काठमाडौँ सुन्दरीजलमा ३५० जना मजदुर र बिपन्न परिवारलाई खाना खुवाइयो

गोकर्नेश्वोर नगरपालिका वडा नं १ मा आज लकडाउनको समयमा  रोजगार नपाउने खानको लागि समस्या भएका ३५० जना व्यक्तिहरुलाई खाना खुवाउने कार्येक्रम भएको

देश भरि कोरोना भाइरसको महामारी भए संगै लक डाउनका  कारण दैनिक कामगर्ने मजदुर र बिपन्न परिवारहरुलाई प्रत्यक्ष असर परेको हुनाले दैनिक ज्यालादरि काम गर्ने मजदुर र बिपन्न परिवारहरुलाई गोकर्नेश्वोर नगरपालिकाले  खाना खुवाइरहेको छ |नगरपालिकाको प्रत्यक वडामा नगरपालिकाको  र स्थानीय समाजसेवी हरुको सहयोगमा खाना खुवाइएको हो |

यसै क्रममा गोकर्नेश्वोर नगरपालिका वडा नं १ मा आज लकडाउनको समयमा  रोजगार नपाउने खानको लागि समस्या भएका ३५० जना व्यक्तिहरुलाई खाना खुवाउने कार्येक्रम भएको थियो  | उक्त वडाको मिलिजुली भोजन व्यबस्थापन समितिका संयोजक दामोदर खनाल, आर्थिक समितिका संयोजक सरोज चालिसे, सदस्यहरु : गौतम खनाल, गीता सिम्खडा ,दिपक  चालिसे, वडा अध्यक्ष राम मानन्धर हिन्द स्वयम् सेवक परिषद्का केन्द्रीय सचिब मुरली निरौला र स्थानीय समाजसेवीहरु को सहयोगमा खाना खुवाइएको हो|

उक्त कार्यक्रममा हिन्द स्वयम् सेवक परिषद्का केन्द्रीय सचिब मुरली निरौला  उपस्थिति रहेको थियो |

व्यबस्थापनको क्रममा गोकर्नेश्वोर नगरपालिकाका उप प्रमुख शान्ति नेपाल, गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सल्लाहकार तथा समाजसेवी दिपक रिसाल, नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३  गोकर्नेश्वोर  नगर सदस्य  लाक्स श्रेष्ठ समेतको उपस्थिति रहेको थियो |

 

फेसबुक प्रतिक्रियाहरु