शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजधानीकै दलित नेता माथि विभेद
समाचार

राजधानीकै दलित नेता माथि विभेद

कानुनले छुवाछूत वा जातका आधारमा गरिने विभेदलाई निषेध गरेकोे साढे पाँच दशक बितिसकेको छ । व्यवहारमा अझै पनि विभेद हट्न सकेको छैन, बरु दलका नेता र जनप्रतिनिधि नै जातीय विभेदका सिकार भइरहेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन प्रतिवेदन, ०७६ का अनुसार कानुनमा जातीय भेदभाव तथा छुवाछूतलाई दण्डनीय बनाए पनि कानुन कार्यान्वयन गर्ने निकायले उजुरी लिनै मान्दैनन् । सरकारवादी मुद्दामा किटानी जाहेरी पर्दासमेत दोषीलाई पक्राउ गर्न प्रहरीले साइत कुरेर बस्छ ।

 कांग्रेस महाधिवेशन प्रतिनिधिबाटै दलित विद्यार्थी संघका अध्यक्षमाथि दुर्व्यवहार

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती बस्ने नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार गत १६ फागुनमा रामेछाप नेविसंघको अधिवेशनमा गए । आफूलाई रामेछाप नलगेको भन्दै गोकर्णेश्वर नगरपालिका–२ का सरोज बस्नेतले जोरपाटीमा भएको एक रात्रिभोजमा १७ फागुन राति अपाच्य शब्द प्रयोग गरी कामीको व्यवहार देखाइस् भनी धम्की दिए, दुव्र्यवहार गरे । त्यतिवेला बस्नेतले दुव्र्यवहार गरे पनि सुनारले प्रतिकार गरेनन् । उनी त्यहाँबाट बाहिरिए ।

जातीय भेदभाव तथा छुवाछूतलाई दण्डनीय बनाए पनि कानुन कार्यान्वयन गर्ने निकायले उजुरी लिनै मान्दैनन् । सरकारवादी मुद्दामा किटानी जाहेरी पर्दासमेत दोषीलाई पक्राउ गर्न प्रहरीले साइत कुरेर बस्छ ।

स्नेतले पुनः फोन गरी जातीय भेदभादपूर्ण शब्द प्रयोग गरी धम्क्याएर भेट्न बोलाए । भेटमा सुनार र बस्नेतबीच भनाभनसमेत भयो । त्यही राति बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा ‘नेकाको दलित कोटामा प-या कामी राजु सुनवारलाई कामी भन्न नहुने रे, कोटा कामीको लिने अनि आफूलाई कामी भनाउन लाज लाग्ने’जस्ता विभिन्न अपशब्द प्रयोग गरी स्टाटस लेखे ।

बस्नेतले आफ्नो मात्रै नभई समग्र दलित समुदायकै आत्मसम्मानप्रति आँच आउने कार्य गरेको सुनारले जातीय छुवाछूत तथा भेदभावसम्बन्धी कसुरमा महानगरीय प्रहरी परिसर टेकुमा १९ फागुनमा उजुरी दिए । २१ फागुनमा काठमाडौं जिल्ला अदालतले बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी ग-यो ।

प्रहरी परिसर टेकुले २२ फागुनमै पक्राउ गरी दाखिला गर्न बौद्ध प्रहरी वृत्तलाई पत्राचार गरेको छ । २३ फागुनमा बौद्ध वृत्तले गोकर्ण प्रहरी प्रभागलाई पुनः पक्राउ गरी दाखिला गराउन भनेको छ । तर, पक्राउ पुर्जी जारी भएको १० बित्दा पनि बस्नेत पक्राउ परेका छैनन् । सुनार कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि हुन् ।

source: nayapatrikadaily.com

फेसबुक प्रतिक्रियाहरु