शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कृषिबाली सरकारले किनिदिन्छ- मन्त्रि भुसाल
समाचार

कृषिबाली सरकारले किनिदिन्छ- मन्त्रि भुसाल

किसानको खर्च कटाएर नाफा हुने गरी कृषिवस्तुको समर्थन मूल्य तोक्ने घोषणाा गरेका छन् ।

५ चैत,

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले किसानको खर्च कटाएर नाफा हुने गरी कृषिवस्तुको समर्थन मूल्य तोक्ने घोषणाा गरेका छन् ।

बुधबार आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मुख्य बाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित वचतको ग्यारेन्टी हुने गरी न्युनतम समर्थन मूल्य तोक्ने बताएका हुन् । सरकारले तोकेको मूल्यमा किसानले बजारमा कृषि वस्तु बेच्न सक्ने र यदि बिक्री नभएमा सरकारले किनिदिने मन्त्री भुसालले बताए ।

उनले नगदेबालीमा २५ प्रतिशत नाफा सुनिश्चित गर्ने पनि बताए ।

मन्त्री भुसालले यसअघिको अनुदानमा प्रणालीमा सुधार गरी सबै किसानले पाउने गरी मल, बीऊ, सिञ्चाई र विजुलीमा अनुदान दिने बताएका छन् । त्यस्तै सबै किसानले प्राविधिक सेवा पाउने ग्यारेन्टी गर्ने र स्थानीय तहमा कृषि तथा पशु प्राविधिकको खाली दरबन्दीमा तत्काल पदपूर्ति गर्ने पनि घोषणा गरेका छन् । हाल स्थानीय तहमा करिब ६ हजार कृषि तथा पशु प्राविधिकको दरबन्दी खाली छ ।

मन्त्री भुसालले हरेक किसानलाई ५ प्रतिशत ब्याजदर नबढ्ने गरी कृषि ऋणको व्यवस्था गर्ने पनि घोषणा गरेका छन् ।

उनले आफूले गरेको घोषणा आफ्नै लागि बन्धन भएको बताए । ‘यो सबै योजना मैले आफ्नै टाउकोमा आगो लगाएको हुँ, आफैले आफैंलाई बाँधेको हुँ’ उनले भने ।

मन्त्री भुसालले आफ्नो नीतिले दलाल पुँजीबाद हावी रहेको कृषि क्षेत्रमा धक्का दिने बताए । ‘दलाल पूँजीवाद कृषिमा छ्यापछ्याप्ती छ हाम्रो पाँच नीतिले यसलाई धक्का दिन्छ र मेरो प्रमुख ध्येय त्यही हो । धादिङमा कृषकले ५० रूपैयामा बेचेको काउली काठमाडौंमा १५० पर्ने संस्कार अन्य हुन्छ । उपभोक्ताले तिरेको मूल्य कृषककै हुनेछुु’ उनले भने ।

मौन मन्त्रीले मुख खोले- आफ्नै परीक्षाका लागि प्रश्न उठाएको हुँ

वौद्धिक नेताका रुपमा परिचित नेकपा नेता घनश्याम भुसालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेयता मौनता साँधेको आरोप लाग्दै आएको थियो । मन्त्री भुसालले यस अवधिमा आफूले देशको कृषिबारे अध्ययन गरिरहेको बताउँदै आएका थिए । उनले समय आएपछि बोल्छु भन्दै आएका थिए ।

अन्ततः बुधबार कृषि मन्त्रालयमा पत्रकार सम्मलेन गरेर मन्त्री भुसालले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ नारासहित ५ नीतिगत आधारहरु अगाडि सारेका छन् । उनले यसलाई ‘आफ्नै परीक्षा लिनका लागि अगाडि सारिएको’ बताए ।

फेसबुक प्रतिक्रियाहरु