जुनेली न्युज, काठमाडौँ | फ्रान्स आर्मीका दम्पति पुस्कर पौडेल र श्रीमती कृष्णा क्षेत्री पौडेलले काठमाडौँको मुलपानीमा रहेको स्नेह बाल आश्रमलाई आफ्नो छोराको सम्झनामा खाना खुवाएर आर्थिक सहयोग समेत गरेका छन् | कलाकार इकु नामले परिचित सुलेमान शंकरले संचालन गर्दै आएको स्नेह बाल आश्रमलाई ३० हजार ३ सय ३३ रुपैया सहयोग गरेका हुन् | “आफ्नो स्वर्गीय छोरा आयन पौडेलको स्मृतिमा आश्रमका अनाथ, असाहय बालबालिकाहरुलाई सहयोग गरेको” उनीहरुको भनाइ छ |
बेनी नगरपालिका वडा नं ५ बुलाचौर जन्मघर रहेका दम्पति परिवार हाल तार्केश्वोर नगरपालिका वडा नं ९ काठमाडौँ स्थायी रुपमा बसोबास गर्दै आएका छन् | पुस्कर पौडेल रोजगारीको शिलशिलामा बिगत लामो समयदेखि युके बसोबास गर्दै आउनुभएका र हाल फ्रान्समा फ्रान्स आर्मीको रुपमा कार्यरत छन् |
फेसबुक प्रतिक्रियाहरु