शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंक नारायणटार शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम, १२० भन्दा बढी सहभागी
शिक्षा

सांग्रिला डेभलपमेन्ट बैंक नारायणटार शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम, १२० भन्दा बढी सहभागी

जुनेली न्युज, काठमाडौँ | सांग्रिला डेभलपमेन्ट बैंक नारायणटार शाखाले वित्तीय साक्षरता सचेतना कार्यक्रम गरेको छ | बैंकको १७ औं बार्षिक उपलक्ष्यको अवसर पारेर आज जोरपाटीमा रहेको  ईष्ट पोल ईस्कुलमा  अध्ययनरत कक्षा १० बिधार्थिहरु माझ उक्त कार्यक्रम गरेको हो | सो कार्यक्रममा १२० जना भन्दा बढी छात्र छात्राहरुको  सहभागी रहेको थियो |

No description available.

बैंकका ब्रान्च म्यानेजर बिनोद प्रसाद पन्तको नेतृत्व भएको कार्यक्रममा वित्तीय क्षेत्रको  वर्तमान अबस्था र भबिष्यको अबस्थाबारे निकै छलफल भएको थियो | बैंकका ब्रान्च क्रेडीट कर्मचारी अमृता अधिकारीले ऋण, ब्याजदर, जस्ता कुराहरुको बारेमा उल्लेख पनि गर्नु भएको थियो |

No description available.

कार्यक्रममा एक आपसको छलफल पश्चात फजुल खर्च रोकी बचत गर्ने , बचतको लागि औपचारीक माध्यम रोज्ने , पारिवारिक बजेट बनाएर जीवनयापन गर्ने, विप्रेषणको सहि उपयोग गर्ने,  जीउ, धन वा व्यवसायको बीमा गर्ने, आफ्नो लगानी लक्ष्य बनाउने,  वित्तीय साक्षरता तर्फ अग्रसर बन्ने लगायतको निष्कर्ष निक्लिएको म्यानेजर बिनोद प्रसाद पन्तले बताउनु भयो |

May be an image of one or more people and people standing

 

फेसबुक प्रतिक्रियाहरु