बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • फ्रान्स आर्मी दाम्पतिद्वारा स्वर्गीय छोराको स्मृतिमा कलाकार इकुको बाल आश्रमलाई आर्थिक सहयोग
आर्थिक

फ्रान्स आर्मी दाम्पतिद्वारा स्वर्गीय छोराको स्मृतिमा कलाकार इकुको बाल आश्रमलाई आर्थिक सहयोग

जुनेली न्युज, काठमाडौँ | फ्रान्स आर्मीका दम्पति पुस्कर पौडेल र श्रीमती कृष्णा क्षेत्री पौडेलले काठमाडौँको मुलपानीमा रहेको स्नेह बाल आश्रमलाई आफ्नो छोराको सम्झनामा खाना खुवाएर आर्थिक सहयोग समेत गरेका छन् | कलाकार इकु नामले परिचित सुलेमान शंकरले संचालन गर्दै आएको स्नेह बाल आश्रमलाई ३० हजार ३ सय ३३  रुपैया सहयोग गरेका हुन् | “आफ्नो स्वर्गीय छोरा आयन पौडेलको स्मृतिमा आश्रमका अनाथ, असाहय बालबालिकाहरुलाई सहयोग गरेको” उनीहरुको भनाइ छ |

 

बेनी नगरपालिका वडा नं ५ बुलाचौर जन्मघर रहेका दम्पति परिवार हाल तार्केश्वोर नगरपालिका वडा नं  ९ काठमाडौँ स्थायी रुपमा बसोबास गर्दै आएका छन् | पुस्कर पौडेल रोजगारीको शिलशिलामा  बिगत लामो समयदेखि युके बसोबास गर्दै आउनुभएका र हाल फ्रान्समा फ्रान्स आर्मीको रुपमा कार्यरत छन् |

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु