मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कांग्रेसको विधानअनुसार कुन समुदायको कति जना महाधिवेशन प्रतिनिधि हुन पाउछन ? हेर्नुहोस
Breaking News

कांग्रेसको विधानअनुसार कुन समुदायको कति जना महाधिवेशन प्रतिनिधि हुन पाउछन ? हेर्नुहोस

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसको १४औ महाधिवेसन अन्तर्गत भदौ १८ गतेदेखि वडा अधिवेशन गरिरहेको छ। जसअन्तर्गत ५६ जिल्लाका विभिन्न वडाहरूमा अधिवेशन सम्पन्न भएको छ भने २१ जिल्लामा अधिवेशन हुन बाकी छ ।
पहिलो चरणमा क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको ५६ जिल्ला भित्रका वडाहरूमा मात्रै अधिवेशन भयो। बाँकी २१ जिल्लाका वडा अधिवेशन गर्न कांग्रेसले असोज ५ गतेसम्म समय दिएको छ।

सुरूमा भदौ १८ मै देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने तयारी थियो।
टोलदेखि केन्द्रीय महाधिवेशनसम्म कांग्रेसले आठ तहमा अधिवेशन गर्छ। वडा अधिवेशनबाट आएका क्षेत्रीय प्रतिनिधि मध्येबाट महाधिवेशन प्रतिनिधिहरू चयन हुन्छन्।केन्द्रीय सभापति, कार्यसमिति र सदस्य महाधिवेशन प्रतिनिधिमध्येबाट हुने हो भने महाधिवेशनका लागि पनि मतदाता महाधिवेशन प्रतिनिधि नै हुन्।

कांग्रेस विधानअनुसार १६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले कूल चार हजार एक सय २५ जना महाधिवेशन प्रतिनिधि हुन्छन्।
प्रत्यक्ष र समानुपातिक प्रणालीबाट महाधिवेशन प्रतिनिधि आउँछन्। केन्द्रीय सभापति, पदाधिकारी र सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन्छन्, उनीहरू भने वडाबाट चुनिएर आउनु पर्दैन।आमन्त्रित केन्द्रीय सदस्य भने क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि चयन भएर आउनुपर्छ।]
यसपालि प्रत्यक्षतर्फ दुई हजार चार सय ७५ जना महाधिवेशन प्रतिनिधि आउँछन् भने समानुपातिक तर्फबाट एक हजार छ सय ५० जना आउँछन्। प्रत्यक्षतर्फ ६० र समानुपातिकतर्फ ४० प्रतिशत महाधिवेशन प्रतिनिधि आउने व्यवस्था छ।

समानुपातिकमा सबैभन्दा धेरै खस/आर्य समुदायबाट महाधिवेशन प्रतिनिधि आउनेछन्: पाँच सय २७ जना। समानुपातिकबाट आएका कूल महाधिवेशन प्रतिनिधिमध्ये खस/आर्यबाट ३१.९ प्रतिशत प्रतिनिधित्व हुन्छ।
आदिवासी जनजातिबाट चार सय ९८ जना महाधिवेशन प्रतिनिधि हुन्छन्। जुन ३०.२ प्रतिशत हो।
यस्तै दलितबाट दुई सय ३२ जना आउँछन्, जुन १४.१ प्रतिशत प्रतिनिधित्व हुन्छ। मधेशी समुदायबाट दुई सय २७ जना प्रतिनिधि आउँछन्। उक्त समुदायबाट महाधिवेशन प्रतिनिधिमा १३.८ प्रतिशत सहभागिता हुनेछ।
थारू समुदायबाट ९४ जना प्रतिनिधि आउँछन् जुन ५.७ प्रतिशत हो। यस्तै मुस्लिम समुदायबाट ७२ जना महाधिवेशन प्रतिनिधि बन्नेछन्, जुन ४.४ प्रतिशत हुन आउँछ।
महाधिवेशनमा महिला प्रतिनिधि एक हजार तीन सय चार जना आउँछन्, जुन ३१.६ प्रतिशत हो। प्रत्यक्षतर्फ ६ सय ६० जना र समानुपातिक ६ सय ४४ जना गरी महिला महाधिवेशन प्रतिनिधिहरू आउनेछन्।
कांग्रेसले विधानमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भनेको छ। यसपालि ८ लाख ५२ हजार क्रियाशील सदस्य बनाउँदा महिलाहरू २१ प्रतिशत मात्रै थिए।
१६८ सदस्यीय केन्द्रीय समितिमा महिलालाई ३३ प्रतिशत सुनिश्चितता गर्दा ५५ जना महिलाहरू केन्द्रीय समितिमा रहन्छन्।

वडा अधिवेशन भइरहँदा दलित, मुस्लिमलगायत समुदायहरूले महाधिवेशन प्रतिनिधि सुनिश्चितताको आवाज उठाइरहेका छन्।

केन्द्रीय सदस्य मीन विश्वकर्मालगायतले निर्वाचन निर्देशिका विरोध गरेपछि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा एक जना अनिवार्य प्रतिनिधित्व गराउने गरी निर्देशिका नै संशोधन गरिएको थियो।
१८ क्षेत्रमा दलितको प्रतिनिधित्व शून्य
देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १८ वटा निर्वाचन क्षेत्रबाट समानुपातिकमा दलित समुदायका महाधिवेशन प्रतिनिधिको प्रतिनिधित्व नहुने भएको छ। जहाँ जुन समुदायको जनसंख्या धेरै छ त्यहाँबाट मात्रै उक्त समुदायको प्रतिनिधित्व सुनिश्चित हुने देखिएको छ।

सबै क्षेत्रबाट प्रतिनिधित्व नहुनुको कारण भने छरिएर रहेको बसोबासले गर्दा हो। दलित समुदायको बसोबास रहे पनि छरिएर रहेका कारणले र जनगणना गर्दा फरक थर राखेकाले काठमाडौंका १० क्षेत्र, ललितपुरका ३ क्षेत्रलगायत
रसुवा, मनाङ, इलामको १ र झापाको ३ बाट पनि दलितको प्रतिनिधित्व शून्य हुने भएको छ।
हुने भएको छ। यहाँ दलित नभएर भन्दा पनि छरिएर रहेकोले जनसंख्या अपुग भएको हो।

बिधानानुसार कुनै क्षेत्रबाट आउने समानुपातिकतर्फका १० जना मध्ये एक जना प्रतिनिधि आउन उक्त समुदायको सो क्षेत्रमा ८ प्रतिशत जनसंख्या चाहिन्छ।

२० क्षेत्रमा खसआर्यको प्रतिनिधित्व शून्य छ भने २५ क्षेत्रमा आदिवासी जनजाती प्रतिनिधित्व शून्य रहेको छ |
त्यस्तै ९९ क्षेत्रमा मधेशी समुदाय, १११ क्षेत्रमा मुश्चिम,११६ क्षेत्रमा थारू प्रतिनिधित्व शून्य रहेको छ |

अहिले सबै क्षेत्रबाट सबै समुदायको प्रतिनिधित्व हुनुपर्ने आवाज उठेको छ। तर जनसंख्याको बनोटलाई आधार मानेर प्रतिनिधित्व गराउने हो भने सबै क्षेत्रमा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित नहुने भएको छ।

तर २०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा अहिले जसरी सबै समुदायबाट प्रतिनिधित्वको व्यवस्था गरिएको थिएन।

 

फेसबुक प्रतिक्रियाहरु