शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एक दिनका लागि गाउँपालिका अध्यक्ष बनिन् १६ बर्षिया बालिका सुस्मिता
Breaking News

एक दिनका लागि गाउँपालिका अध्यक्ष बनिन् १६ बर्षिया बालिका सुस्मिता

जुनेली न्यूज, काठमाण्डौ | ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा मोरङकी १६ वर्षीया बालिका सुस्मिता ऋषिदेव एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । बाल दिवसको अवसर पारि उनलाई एक दिनका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो । एस्तो अवसरले बालबालिकाको मनोबल बढ्ने र अघि बढ्न प्रेरित गर्न सहयोग पुर्याउन सक्छ |
मंगलबार गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले ऋषिदेवलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उद्देश्यले बालिकालाई बाल दिवसको दिन जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु