बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • “बालबालिकालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकार प्रयासरत छ”-प्रधानमन्त्री देउवा
Breaking News

“बालबालिकालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकार प्रयासरत छ”-प्रधानमन्त्री देउवा

जुनेली न्यूज, काठमान्डौ | प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन् |

५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै उनले कोभिड-१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शैय्याको व्यवस्था गरिएको बताए ।

कोरोनाको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री उनको भनाइ छ ।
संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको तथा बालबालिकासम्बन्धी ऐन कानूनहरूको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उनले उल्लेख गरेका छन् । नेपालले बालअधिकार महासन्धिको पक्ष राष्ट्र भएको ३० पनि वर्ष पूरा भइसकेको छ ।

प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गर्दै समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको बताएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु