शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रुपन्देहीमा एक दम्पतीले गरे आफ्नै आठ महिने शिशुको घाटी रेटेर हत्या
दुर्घटना/अपराध

रुपन्देहीमा एक दम्पतीले गरे आफ्नै आठ महिने शिशुको घाटी रेटेर हत्या

जुनेली न्यूज, काठमाण्डौ | रुपन्देहीको गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ | आठ महिने शिशुको हत्या गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ परेको छ ।
मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

हत्याको कारण एकिन नभए पनि जग्गा सम्बन्धी विवादको कारणले परिवारमा दैनिक झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको थापाले बताए ।

२६ गते बिहानपख करिब १ बजे शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो ।

घटनास्थलको सुक्ष्म अबलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको प्रहरीले जनाएको छ । बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको थियो ।

‘बरामद गरिएको प्राप्त प्रमाणको आधारमा सुक्ष्म रुपममा अनुसन्धान तथा सोधपुछ गर्दा मृतक आमा बुबाले हत्या घटना स्वीकार गरेको,’ प्रहरी नायव उपरीक्षक थापाले बताए ।

फेसबुक प्रतिक्रियाहरु