शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • “एमसीसी राष्ट्रको हितका लागि भएकाले सहमति कायम गरि अनुमोदन गर्नुपर्छ “-बाबुराम भट्टराई
Breaking News

“एमसीसी राष्ट्रको हितका लागि भएकाले सहमति कायम गरि अनुमोदन गर्नुपर्छ “-बाबुराम भट्टराई

जुनेली न्यूज, काठमाण्डौ | जनता समाजबादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्परिसट (एमसीसी)अनुमोदन गर्दा राष्ट्रको हित हुने बताएका छन् ।

गोरखा सदरमुकाममा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताएका हुन् । उनले भने ‘एमसीसीको विषय अहिले पेचिलोरूपमा उठेको छ’, यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ ।’
डा भट्टराईले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढङ्गले नेपालकै तर्फबाट माग गरेर संसद्बाट अनुमोदनको बुँदा एमसीसी सम्झौतामा राखिएको पाइएको बताए । उनले एमसीसीको विषयमा सरकारमा रहँदा एउटा र सरकार बाहिर हुँदा अर्को कुरा गर्ने नेपालका राजनीतिक दलको प्रवृतिका कारण यस्ता खालका सहमति र सम्झौतामा समस्या हुने गरेको बताए ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले दलगत राजनीति र दलभित्रका पनि गुटगत राजनीतिका निम्ति राष्ट्रियताका प्रश्नलाई गिजोल्याउने काम गर्न नहुने आफ्नो मान्यता रहेको बताए । ‘एससीसी पनि विशुद्धरूपमा एउटा परियोजना अनुदान सम्झौता हो । यस्ता सम्झौता थुप्रै देशसँग हुने गरेका छन्’, उनले भने ।

फेसबुक प्रतिक्रियाहरु