शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ‘सरकारलाइ परेको समस्या प्रतिपक्षीलाई पनि आउन सक्छ, एमालेले बुझ्नुपर्ने हो”- प्रधानमन्त्री देउवा
Breaking News

‘सरकारलाइ परेको समस्या प्रतिपक्षीलाई पनि आउन सक्छ, एमालेले बुझ्नुपर्ने हो”- प्रधानमन्त्री देउवा

जुनेली न्यूज, काठमाण्डौ | सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्बदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित गर्न द्वन्द्वको विकल्पमा जानुपर्ने हुन सक्ने बताएका छन् | देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले सहमतिमा नआए पनि बजेट प्रतिस्थापन विधेयक पारित हुने बताए ।

देउवाले भने ‘सहमतिमा नआएको अवस्थामा बजेट पास गर्न द्वन्द्वको विकल्पमा जानुपर्ने हुन्छ । त्यसकारण वार्ता, छलफल र सहमतिको लागि गठबन्धन तयार छ । उहाँहरु (एमाले) सहमति र सम्वादमा आउन जरुरी छ’

प्रधानमन्त्री देउवाले अहिले सरकारलाई परेको समस्या प्रमुख प्रतिपक्षीलाई पनि भविष्यमा आउन सक्ने उल्लेख गर्दै एमालेले सोच्नुपर्ने बताए । सरकारलाई भदौ ३० गतेभित्र बजेट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने बाध्यता छ ।

बैठकमा कांग्रेस नेता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधि सभा सञ्चालन गर्न सहमतिको प्रयास जारी राखिएको बताए ।

कार्कीले सदनबाट बजेट पास गर्नुपर्ने, नियम निलम्बन गरी अघि बढ्न प्रमुख प्रतिपक्षको सहमति चाहिने र उत्पन्न गतिरोध हल गर्न आफूले अनौपचारिक र औपचारिक पहल गरेको उल्लेख गरे ।
एमालेले लगातार संसदमा बिरोध जारी  राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर उक्त बैठकमा  एमालेका नेताहरु कोहीपनि उपस्थित भएनन ।

फेसबुक प्रतिक्रियाहरु