शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • गोकर्णेश्वर मन्दिरमा बुवालाई सम्झिएर श्राद्ध, तर्पण, दान गर्नेहरुको भीड
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर मन्दिरमा बुवालाई सम्झिएर श्राद्ध, तर्पण, दान गर्नेहरुको भीड

जुनेली न्यूज, काठमाण्डौ | आज कुसे औसी । आजको दिनलाई बुवाको मुख हेर्ने दिनका रुपमा पनि मनाउने गरिन्छ ।भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ ।

आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा चलिआएको छ ।

आज काठमाडौंको उत्तर-पूर्वमा रहेको गोकर्णेश्वर मन्दिरमा बुवालाई सम्झिनेहरूको भीड लागेको छ । बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा हरेक वर्ष यस्तै भीड लाग्ने गर्छ ।बुबाको निधन भएकाहरू यस दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ । आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने धार्मिक मान्यता छ ।

 

फेसबुक प्रतिक्रियाहरु