बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • (एमसीसी) को विपक्षमा सत्ता साझेदार दलका तीन विद्यार्थी संगठनको प्रेस विज्ञप्ति
Breaking News

(एमसीसी) को विपक्षमा सत्ता साझेदार दलका तीन विद्यार्थी संगठनको प्रेस विज्ञप्ति

जुनेली न्यूज, काठमाण्डौ | अमेरिकी सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विपक्षमा सत्ता साझेदार दलका तीन विद्यार्थी संगठन देखिएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र जनमोर्चा निकट अखिल छैटौँ एमसीसीको विपक्षमा उभिएको हो ।

उनीहरुले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जबर्जस्ती तवरबाट एमसीसी पास गर्न खोजे कडा प्रतिकार गर्ने चेतावनी दिए । ‘अमेरिकी साम्राज्यवादी उद्देश्य पूरा गर्ने उद्देश्यले ल्याइएको एमसीसी परियोजनाले देशको सार्वभौमसत्तामाथि आँच पुग्नेछ भने असंलग्न परराष्ट्रनीतिलाई खण्डित गर्नेछ । जोर जबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन र त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति :

फेसबुक प्रतिक्रियाहरु