शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • “गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ”-प्रकाशमान सिंह
Breaking News

“गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ”-प्रकाशमान सिंह

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु दुःखद भएको बताएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै नेता सिंहले गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक भएको बताए ।
‘कांग्रेस स्वतन्त्रताको वकालत गर्ने पार्टी भएकाले यस्ता विषयमा सरकारले गम्भीरतापूर्वक सोचेर मात्रै कदम चाल्नुपर्छ‚’ उनले भने ।

‘सरकारले जनताको दुःखमा साथ दिनुपर्दछ । सधैँ जनताको पक्षमा हुनुपर्दछ‚’ उनले भने‚ ‘गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ । यसमा सरकार सच्चिनुपर्छ |

नेपाली कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा नेता सिंहले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेकाले नागरिकस्तरमा आलोचना सुरु भएको दाबी गरेका हुन् । सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन नमिल्ने भएकाले सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ

फेसबुक प्रतिक्रियाहरु