सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सेयर बजारका लगानीकर्ताहरु गभर्नरको राजीनामा माग्दै उत्रिए आन्दोलनमा
आर्थिक

सेयर बजारका लगानीकर्ताहरु गभर्नरको राजीनामा माग्दै उत्रिए आन्दोलनमा

जुनेली न्यूज, काठमाण्डौ | सेयर बजारमा निरन्तर गिरावट आउन थालेपछि लगानीकर्ताहरु गभर्नरको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका छन् । राष्ट्र बैंकका गभर्नरको राजीनामा माग्दै आज मोटरसाइकल र्याली नै गरेका छन् |

गभर्नर महाप्रसाद अधिकारीका कारण सेयर बजार घटेको बताउँदै लगानीकर्ता आन्दोलनमा उत्रिएको बताएका छन् । गभर्नर विरोधी नारा लगाउँदै आन्दोलन गरेर सेयर बजार मैत्री व्यवस्था गर्न गभर्नरलाई दबाब दिएका हुन् ।

समितिले चालू वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ को सिमा राखेका कारण बजार घटेको आरोप लगाइरहेको छ । उनीहरुले हिजो दिनभरमा सेयर बजार मैत्री निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु