शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • संखुवासभा घटनाको अनुसन्धानका लागि तालित प्राप्त कुकुर  घटनास्थलतर्फ लगियो
दुर्घटना/अपराध

संखुवासभा घटनाको अनुसन्धानका लागि तालित प्राप्त कुकुर  घटनास्थलतर्फ लगियो

जुनेली न्युज, काठमाण्डौ | संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएपछि प्रकरणको जाँचका लागि प्रहरीले तालिम प्राप्त कुकुर ल्याउने भएको छ ।

संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट अनुसन्धानका लागि तालित प्राप्त कुकुर  घटनास्थलतर्फ लगिसकिएको प्रहरीले जनाएको छ । कुकुरलाई घटनास्थलमा छाडेपछि मात्रै थप अनुसन्धान हुनेछ । हालसम्म जिल्ला प्रहरी कार्यालय, संखुवासभाका डीएसपी लालध्वज सुवेदी, इलाका प्रहरी कार्यालय, चैनपुरका निरीक्षक युवराज खतिवडा घटनास्थलमा पुगेका छैनन् ।

‘सदरमुकामबाट निकै टाढा हो, फेरि बाटोमा ठाउँठाउँमा पानीले समस्या छ’ सुवेदीले भने, ‘घटनास्थलमा पुगेपछि थप विवरण खुल्ला ।’

हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती छन् । तर तेजबहादुरका अन्दाजी ९२ वर्षीय बुवा घरभित्रै सकुशल फेला पर्नु भएको छ |

घरमा एक जना वृद्ध सकुशल भेटिएका छन् । राम्रोसँग कान नसुन्ने उनी सकुशल छन् तर अर्धवेहोसी अवस्थामा रहेकाले प्रहरीले उनीसँग कुरा गर्न सकेको छैन । परिवारको हत्या किन र के कारणले भयो भन्ने खुल्न सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु