शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ प्रधानमन्त्री देउवाद्धारा शुभारम्भ
Breaking News

‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ प्रधानमन्त्री देउवाद्धारा शुभारम्भ

जुनेली न्यूज, काठमाण्डौ | निजामती सेवा दिवसको अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ मा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् । काठमाडौं महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर अभियान शुभारम्भ गरिएको हो ।

खाली जग्गामा कपुर, समी, क्यालेण्ड्रा, टिकोमा, करविर र बगमवेली बिरुवा विष्णुमती करिडोर अन्तर्गत परोपकार स्कुल क्षेत्रमा रोपिएको छ ।कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।

निजामती सेवा दिवसकै सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १६ गते सबै कार्यालयको परिसरमा वृक्षरोपण गर्न आग्रह गरेको छ ।

निजामती सेवा दिवस भदौ २२ गते मनाइन्छ । निजामती सेवा दिवसको आगामी पाँच वर्ष (२०७८–२०८२) को नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ निर्धारण गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु