बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बागमती प्रदेशका सामाजिक विकासमन्त्री शर्माले दिए पदबाट राजीनामा
Breaking News

बागमती प्रदेशका सामाजिक विकासमन्त्री शर्माले दिए पदबाट राजीनामा

जुनेली न्यूज, काठमाण्डौ | हिजो बागमती प्रदेशका १२ जना एमाले सांसदले पार्टी परित्याग गरी एकीकृत समाजवादीका पक्षमा सनाखत गरेपछी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । आफूले पदबाट राजीनामा दिएको बताउँदै खनालले भने, ‘हिजो अष्टलक्ष्मी कमरेडलाई मुख्यमन्त्री बनाउनका लागि मैले पनि योगदान गरेँ । तर, समयकालले उहाँ नेतृत्वको मन्त्रिमण्डलमा रहिरहन सकिनँ ।’

शर्माले मंगलबार (हिजो) नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका थिए । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा उनी केन्द्रीय सदस्य छन् । शाक्य मुख्यमन्त्री बनेलगत्तै शर्मालाई मन्त्री नियुक्त गरेकी थिइन् ।

शर्मा पहिलेदेखि नै नेपाल पक्षमा उभिएका नेता हुन् । हिजो बागमती प्रदेशका १२ जना एमाले सांसदले पार्टी परित्याग गरी एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए । १२ जना सांसदले नयाँ दल रोजेसँगै एमालेको एकल बहुमतमा मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा परेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु